![]() |

भाद्र ११, २०७३- अमेरिकामा अर्की प्रथम महिला बन्न सक्छिन्, उनी । तर, थोरैले मात्रै उनलाई चिन्छन् । फेरि आफ्नै परिचय नभएर नचिनिएका पनि होइनन्, उनी । अमेरिकी अर्बपतिकी श्रीमती त हुँदै हुन्, पछिल्लो समय उनको परिचय अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पसँगै त्यति चर्चामा आएका छैनन् ।
अमेरिकी अर्बपति डोनाल्डले आफ्नो चुनावी अभियानमा पत्नी मेलानिया ट्रम्पलाई सधै ‘लो प्रोफाइल’ मा राखेकाले उनी नचिएकी मात्र हुन् । ४६ वर्षीया मेलानिया गत महिना त्यस बेला एकाएक चर्चामा आइन् जब उनले रिपब्लिकन नेसनल कन्भेन्सनमा आफ्ना भाषण चोरेको आरोप लगाइन् । फेरि पुरुषहरूका लागि प्रकाशित हुने एक फ्रान्सेली मासिक अखबारमा अर्की महिला मोडेलका साथ निर्वस्त्र पोजसहितको तस्बिर प्रकाशित भएपछि अर्बपति व्यापारी डोनाल्डकी पत्नी मेलानिया हाल फेरि चर्चामा छिन् । उनी अर्की ज्याकी केन्नेडी बन्न सक्ने लख काटिएको छ ।
स्लोभियन पूर्वमोडलसमेत रहिसकेकी उनले आफूलाई नजरअन्दाज गर्न नहुने बताएकी छन् । ज्याकी केनेडीका आत्मकथा लेखेकी पामेला किओफले डेली मेललाई ट्रम्प ‘ज्याकी केनेडीकी प्रतिष्ठित पत्नी’ जस्ती मात्र देखिएको बताइन् । ठाठ फेसन चेतनाका साथ ट्रम्फ ‘सुन्दरी, स्मार्ट र आफैं सल्लाह दिन’ सक्ने खालकी छन् । केही पछाडि फर्किंदा मेलानियाले सन् २००० मा न्युयोर्क टाइम्सलाई ‘बेट्टी फोड या ज्याकी केन्नेडीजस्तै आफू प्रथम महिला भए धेरै परम्परागत बन्ने’ बताएकी थिइन् ।
तीन वर्षअघि उनी आफ्ना धनाढ्य पतिसँग भेट्नुअघि फ्रान्सेली अखबारमा अन्य मोडलका साथ नग्न तस्बिरमा देखिएकी थिइन् । उक्त ‘बमसेल’ तस्बिर न्युयोर्क पोस्टले प्राप्त गरेपछि सार्वजनिक भयो । तस्बिरमा अर्बपति पत्नी स्कान्डिनाभियन मोडल इम्मा इरिक्सनका साथ देखिएकी छन् ।
एउटा तस्बिरमा इम्माका साथ ट्रम्प नग्न देखिएकी छन् । उनको यो कदमका कारण धेरैले उनलाई नग्न पोजबाट मात्रै उनी प्रथम महिला बन्न सक्ने भन्दै आलोचनासमेत गरेका छन् । डोनाल्ड पत्नी मेलानियाको विगतको चर्चा यत्तिमै सीमित छैन । सन् १९९९ मा होवार्ड स्टर्नसँगको डरलाग्दो टेलिफोन वार्ताका कारण पनि उनी खुबै चर्चामा आएकी थिइन् । आफ्ना पति रिफोर्म पार्टीको अध्यक्ष दौडमा रहेका बेला होवार्डसँग मेलानियाको डरलाग्दो र ‘सेक्सुएली’ संवाद सार्वजनिक भएको थियो ।
आफूलाई एक व्यापारी बताउने होवार्डले मेलानिया ट्रम्पसँग टेलिफोन संवादका क्रममा ‘के तिमी नांगै छ्यौ, के तिमी नग्न छ्यौ’ जस्ता शब्दहरू प्रयोग गरेको ‘द विक’ अखबारले उल्लेख गरेको छ । जबाफमा ट्रम्पले ‘अह, लगभग’ भनेर फर्काउने गरेको बताइएको छ ।
न्युयोर्क पोस्टका अनुसार यति हुँदा हुँदै पनि मेलानिया र अर्बपति डोनाल्ड हालै राल्प लउरेन्सको पोलो बारमा ‘डेट नाइट’ मा आनन्द लिइरहेको भेटिए । मेलानिया स्लोभेनियन, अंग्रेजी, फ्रेन्च, सर्बियन र जर्मन गरी पाँच वटा भाषा बोल्न सक्छिन् ।
कम्युनिस्ट युगोस्लाभियामा हुर्केकी उनी न्युयोर्कको सम्भ्रान्त समाजको ग्लेमरबाट निकै टाढा रहेकी थिइन् । यस अर्थमा डोनाल्ड अमेरिकी राष्ट्रपति बने उनी प्रथममा प्रथम महिला बन्ने छिन्, जसको जन्म कम्युनिस्ट मुलुकमा भएको हो । हाल उनी आफ्ना छोरा ब्यारोनलाई ‘मिनी–डोनाल्ड’ का रूपमा उपस्थित गराउने प्रयासमा छिन् । मेलानियाले आफ्ना धनाढ्य पतिको बसाइसराइ बारेको कठोर अडानको समर्थन गरेकी छन् ।
एजेन्सीहरूको सहयोगमा
http://bit.ly/2bnoQtn
![]() |
0 comments:
Post a Comment